नेप्सेमा ५९ अंकको गिरावट, ५ अर्बको कारोबार

नेप्सेमा आज ५९ अङ्कको गिरावट आएको छ। सोमबार नेप्से ५९.०२ अङ्कले घटेर २५२९.३३ विन्दुमा रोकिएको हो।

आज ३२९ कम्पनिको कारोबार हुँदा एक करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर ५ अर्ब ६६ करोड ३ लाख २  हजार ६८३ को खरिद बिक्री भएको छ।

नेप्सेकाअनुसार आज हिमालयन हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.८४ प्रतिशतले बढेको छ। त्यस्तै, आज गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड र इस्टर्न हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ।

आज नेपाल फाइनान्सको सबै भन्दा बढी २१ करोड १३ लाख ४२ हजार ७३२ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै आज लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयरको सबैभन्दा बढी ५ लाख कित्ता शेयर कारोबार भएको छ।

प्रकाशित मिति: : 2024-09-23 15:28:00

प्रतिकृया दिनुहोस्