ओली र मोदीबीच न्युयाेर्कमा भेटवार्ता, के भयो कुराकानी?

Break n Links
Break n Links

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

उनीहरूबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो।

भेटमा नेपाल-भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको अधिकारीहरूले जनाएका छन्।

भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका राजनीतिक मामिला सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र न्युयोर्कस्थित राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, परराष्ट्रका सहसचिव तथा प्रवक्ता अमृतकुमार राईको सहभागिता रहेको थियो।

दुई पक्षबीच करिब ४५ मिनेट वार्ता चलेको थियो।

प्रकाशित मिति: : 2024-09-23 06:52:00

प्रतिकृया दिनुहोस्