सुनको मूल्य हालसम्मकै उच्च

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

आइतबार सुन तोलामा १७ सयले बढेपछि आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो। सुनको याे मूल्य अहिलेसम्मकै उच्च हो।

यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १९२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2024-09-22 11:04:00

प्रतिकृया दिनुहोस्