एक लाख बढी लागूऔषध ट्याबलेटसहित ६ जना पक्राउ

काठमाडौँको विभिन्न ठाउँबाट एक लाख बढी लागूऔषध ट्याबलेटसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौँले ‘अपरेशन अलट्राज’ अन्तर्गत ६ जनालाई १ लाख ८० हजार ४ सय ३० वटा लागूऔषध ट्याबलेटसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका-७ माकलबारीका ३० वर्षीय बहादुर राई, सर्लाहीको हरिपुर नगरपालिका-१ का २२ वर्षीय विपीन कुमार महतो, पर्वतको महाशीला गाउँपालिका-५ का २७ वर्षीय बालकृष्ण अधिकारी, झापा अर्जुनधारा नगरपालिका नगरपालिका-१ की ३२ वर्षीया सम्झना रोक्का र बाराको परवानीपुर गाउँपालिका-३ का ३४ वर्षीय प्रदीप सर्राफ रहेका छन्।

उनीहरू भदौ १८ गतेदेखि असोज २ गतेसम्म काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ परेका हुन्। उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भइ अनुसन्धान भइरहेको लागूऔषध नियन्त्र ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

प्रकाशित मिति: : 2024-09-20 17:31:00

प्रतिकृया दिनुहोस्