बिएल संवाददाता
राउटे समुदायका अगुवा दिलबहादुर शाही दसैँ खर्चका माग्न लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री कार्यालय पुगेका छन्।
सुर्खेतमा बस्दै आएका शाही बुधबार प्रदेश राजधानी देउखुरी पुगेर मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेट गरेका हुन्।
दसैँ खर्चका माग्न पुगेका ६० वर्षीय शाहीले मुख्यमन्त्रीलाई हातले बनाएको काठको कोसी उपहार दिएका छन्।
‘यो काठको कोसी हो। हातैले बनाएको। यस्तो कोसी बनाउन थालेको धेरै भइसक्यो’उहाँले भन्नुभयो,‘मुख्यमन्त्रीज्यू, दसैँ त आइहाल्यो त। खर्च चाहियो’, उनले मुख्यमन्त्रीसँग भने।

दसैँ खर्च माग्न यसपालि शाही एक्लै लुम्बिनी प्रदेशसम्म पुगेका हुन्। ‘साथीहरु आउन थालेका थिए। गाडी चढ्न डराए’, उनले भने, ‘मरे मै मरुँला भनेर आएँ।’
राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ। उनीहरूले मासिक चार हजार रुपैयाँ भत्ता बुझ्दै आएका छन्।
राउटे समुदाय हरेक वर्ष दसैंको खर्चको लागि प्रदेश सरकारकहाँ धाउँदै आएका छन्। मुख्यमन्त्री आचार्यले राम्रोसंग दसैं मनाउन दिलहादुरमार्फत सन्देश पठाएका छन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया