बिएल संवाददाता
अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईं अभिनित फिल्म ‘मायावी’ को प्रदर्शन मिति पछि सरेको छ।
यसअघि कात्तिक १५ गते (लक्ष्मीपूजा) मा प्रदर्शन हुने भनिएको मायावी अब पुस २६ गते प्रदर्शन हुने भएको छ।
यो मितिमा नेपाली र विदेशी गरी लगभग ५ वटा फिल्म पुगेपछि ‘मायावी’ को प्रदर्शन मिति सारिएको हो।
फिल्मका निर्देशक दिवाकर भट्टराईले दुवै चलचित्रलाई शुभकामना दिँदै मार्ग प्रसस्त गरेको र मायावी पुस २६ गते रिलिज हुने जानकारी दिएका छन्।
‘मायावी’ले प्रदर्शन मिति घोषणा गर्दा लक्ष्मीपूजामा नेपाली फिल्म ‘एक्टर: टेक वान’ आउने निश्चित थियो तर पछि अर्को नेपाली फिल्म ‘पूर्ण बहादुरको सारंगी’ थपियो।
पल अभिनित रावायण बक्स अफिसमा फ्लप भएपछि निर्माताले तत्कालका लागि मिति पछि सारेको विश्लेषण गरिएको छ। अब यो फिल्म पुष २६ मा मायावी अर्को फिल्म कार्साङ्सँग भिड्ने भएको छ।
दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्मको निर्मातामा राज कटुवाल, चन्द्र पन्त र ध्रुव न्यौपाने छन्। यसमा प्रशान्त ताम्राकार, सुशील सिटौला, राजाराम पौडेल, करिश्मा श्रेष्ठ लगायतको पनि अभिनय छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया