बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले १० वर्षे जनआन्दोलनलाई संसदमा अवमूल्यन हुनेगरी बहस हुनु दुखद भएको बताएका छन्।
सोमबार प्रतिनिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले सत्तारुढ दलका प्रतिनिधिहरुबाट १० वर्षको माओवादीको नेतृत्वको जनयुद्धको सशस्त्र संर्घषलाई अपमानित हुनु आफैँमा दुखद कुरा भएको बताएका हुन्।
उनले भने, ‘नेकपा माओवादीको नेतृत्वमा सञ्चालन भएको १० वर्षे जनयुद्ध जसलाई विस्तृत शान्ति सम्झौताले र संविधानले सशस्त्र संर्घषको रुपमा परिभाषित गरेको छ। आन्दोलनहरुको योगदानलाई अवमुल्यन, अपमानित गर्नेगरी संसदमा बहस हुनु दुखद छ। सत्तारुढ दलका माननीयज्यूबाट व्यक्त भएका विचारहरु १० वर्षको माओवादीको नेतृत्वको जनयुद्धलाई सशस्त्र संर्घषलाई अपमानित हुने गरेर व्यक्त भएका विचारहरुमा हाम्रो तर्फबाट असहमति र आपत्ति रहेको कुरा जानकारी गराउँछु। यस सन्दर्भमा हाम्रो विरोध रहेको संसदमा दर्ज गर्न चाहन्छु।’
साथै उनले लाञ्छना र अपमानित गर्नेगरी १० वर्षे जनयुद्धलाई माओवादी हिंसाको रुपमा चित्रण गर्न नहुने बताए। उनले १० वर्षे द्वन्द्वलाई हिंसाको रुपमा हेरिनु आफैंमा अनुपयुक्त भएको बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया