प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद् बैठक बस्दै

Break n Links
Break n Links

नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ।

बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ। 

यसअघि भदौ २८ गतेको बैठक कुनै निर्णय नगरी सकिएपछि पुनः बैठक बस्न लागेको हो। 

आगामी असोज २० गतेदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीशको नियुक्तिका लागि बैठक बोलाइएको हो। 

यसबाहेक रिक्त रहेका संवैधानिक निकायका पदाधिकारी पनि नियुक्त हुनसक्ने जनाइएको छ।

प्रकाशित मिति: : 2024-09-16 08:11:00

प्रतिकृया दिनुहोस्