सिमलतालमा ट्रक दुर्घटना

नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा ट्रक दुर्घटना भएको छ।

आइतबार बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशुलीमा खसेको हो। यसअघि यही ठाउँबाट दुई यात्रुबाहक बस त्रिशुलीमा खसेका थिए।

दुर्घटना भएको ट्रक आरएमसी कम्पनीको खानेतेल बोकेको ट्रक रहेको र ट्रकका चालक र सहचालकको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति: : 2024-09-15 07:58:00

प्रतिकृया दिनुहोस्