नेपालकाे खेल क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको छ: प्रधानमन्त्री ओली

Break n Links
Break n Links

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल ओलम्पिकको सहभागिताको तलाबाट पदक विजेताको तलामा उक्लिएको भन्दै खुशी व्यक्त गरेका छन्।

शुक्रबार ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पारा खेलाडी गोवर्धनले यस स्थानमा पुग्नका लागि मार्गदर्शन र आफ्ना सीपहरुको अधिकतम् प्रयोग गर्न सफल भएको भन्दै प्रसंशा गरे।

उनले भने, ‘खेल क्षेत्र एउटा स्थान विषेश र देश विशेषको पहिचानको कुरा हो। खेलले कुन देशले जित्यो भन्ने कुरा विश्वभर प्रचारित हुन्छ। हाम्रो सहभागिता लामो समयदेखि भएको भएपनि पदक प्राप्त गर्न सकेका थिएनौँ। तर अब सहभागिताको तलाबाट पदकको तलामा उत्रिएका छौँ। खेल क्षेत्रका सबै क्षेत्रमा यसैगरी उन्नति प्रगति गर्दै जानेछौँ भन्ने विश्वास लिएका छौँ। खेलको क्षेत्रमा उल्लेख्य प्रगति गरेका छौंं। खेलाडीहरुको खेलपनि हेरेको छु। टिमहरु अन्तर्राष्ट्रियस्तरका छन्। खेल प्रविधिको विकास गर्दै सफलता हासिल गर्दै जानुपर्नेछ। राज्यले सम्मान गरेको छ। यस सम्मानले अन्य खेलाडीहरुलाई समेत प्रोत्साहन गरेको छ भन्ने विश्वास लिएका छौँ। यो सम्मान र प्रोत्साहन हो। यो सम्मानको स्थानसम्म पुग्नका लागि मार्गदर्शन र आफ्ना सीपहरुको माध्यमबाट पुरस्कृत गरिने कोशिसका लागि पनि धन्यवादको पात्र हुनुहुन्छ।’

नेपालले खेलकुदको क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै प्रधानमन्त्री ओलीले प्रविधिको विकाससँगै अगाडि बढ्न जरुरी रहेको बताए।

सरकारले ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ गरिदिएको छ।

सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको कार्यक्रममा बताइएको छ। यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ।

सरकारले राष्ट्रिय खेलकुद विकास नियमावलीअनुसार सो पुरस्कार दिएको हो।

प्रकाशित मिति: : 2024-09-13 12:07:00

प्रतिकृया दिनुहोस्