भारतीय कम्युनिष्ट नेता सिताराम यचुरीको निधन

File Photo
File Photo

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सिताराम यचुरीको निधन भएको छ।

यचुरीको ७२ वर्षकाे उमेरमा बिहीबार निधन भएकाे भारतीय सञ्चार माध्यमले जनाएकाे छ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई १९ अगस्टमा एम्स अस्पताल दिल्लीमा भर्ना गरिएको थियो। अस्पतालमा उपचाररत उनकाे बिहीबार निधन भएकाे हाे।

उनले विद्यार्थी कालबाट नै राजनीति सुरु गरेका थिए। उनी भारतमा इमर्जेन्सी लागू गर्दा पटक पटक पक्राउसमेत परेका थिए।

यचुरी नेपाल-भारत सम्बन्धका जानकारसमेत रहेका  थिए। उनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुका महाधिवेशनको क्रममा अतिथिको रुपमा नेपाल आएका थिए।

यचुरी पछिल्लो ३२ बर्षदेखि सिपिएमको पोलिटब्यूरो सदस्य रहेका थिए। उनी २०१५ देखि पार्टीको महासचिव थिए भने २००५ देखि २०१७ सम्म भारतको राज्य सभा सदस्य समेत रहेका थिए। 

प्रकाशित मिति: : 2024-09-12 17:16:00

प्रतिकृया दिनुहोस्