नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै सहमति र सम्झौता नहुने बताएका छन्।
शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रमुख प्रतिपक्षी दलसँग भएको सहमतिअनुसार सदन सञ्चालन भइरहेको र अन्य दलसँग सम्झौता नहुने बताएका हुन्।
‘सरकारले सहमति गरेपछि पनि रास्वपा स्टन्ट गर्न लागिरहेको छ। आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नियमावलीअनुसार नै निर्धारण भएको हो। अर्को दिन गरौँ भनेर मिल्दैन। सभामुखले नाराबाजीबीच प्रधानमन्त्रीलाई अगाडि उभ्याउन मिल्दैन भन्ने लागेर कार्यसूचीबाट हटाउनुभयो’, उनले भने।