राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसामार्फत नेपालीहरू अन्य देशकाे दास बनेकाे बताएका छिन्।
शुक्रबार प्रतिनिधि सभाकाे बैठक बहिष्कारपछि पत्रकारसँग कुरा गर्दै उनले भिजित भिसाका कारण नेपालीहरू अन्य देशकाे खास बनेकाे बताएकी हुन्।
सांसदलाई नसुन्ने सरकारले जनताको आवाज नसुनेकाे बताउँदै उनले भनिन्, ‘सांसदलाई नसुन्ने सरकारले जनताको आवाज के सुन्ला र? अन्य देशहरुमा दासको रुपमा नेपालीहरु कसरी पुग्छन् भन्दा भिजिट भिसा मार्फत नै हो। त्यस्तो ठाँउमा घुस लिएर आफ्नो भागमा कति पर्यो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छनबिन गरौं भन्दा गरिएन्। कतिसम्म गिरेको नेपाल सरकार। ऋण नै लिएर भएपनि विदेश जानुपर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नु पर्दैन् ? हाम्रो अडान जारी रहने छ।’
नेपाल सरकारले रास्वपाको कुरा नसुनेको र विरोधलाई पनि बेवास्ता गरेको कारण बैठक बहिष्कार गरेकाे उनकाे भनाइ थियाे।