प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो विरोध कायम राख्दै बैठकबाट बाहिर निस्किएका छन्।
शुक्रबार बैठक सुरु हुने वित्तिकै रास्वपा र राप्रपाले विरोध जनाएका थिए तर सभामुखले विरोधका बाबजुद बैठक अगाडि बढाएपछि उनीहरू बाहिर निस्किएका हुन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन हुनुपर्ने माग गर्दै उनीहरूले लगातार विरोध गर्दै आएका छन्।
रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन्।
यद्यपि सभामुख घिमिरेले विरोधकाबीच बैठकलाई अगाडि बढाइरहेका छन्।