जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथभित्र लगाइएको निषेधाज्ञा हटाएको छ।
बिहिबार एक विज्ञप्ति जारी गर्दै प्रशासन कार्यालयले चक्रपथभित्र लगाइएको निषेधाज्ञा हटेको जानकारी गराएको हो।
राजावादीहरूको आन्दोलन चर्किएपछि प्रशासन कार्यालयले जेठ १८ गते तीन वटा स्थान बाहेक चक्रपथभित्रका सार्वजनिक स्थानहरूमा प्रदर्शन गर्न रोकेको थियो।
अब ती सबै स्थानहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।