कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरुले सर्वोच्च अदालतमा हालेको रिटले अग्राधिकार पाएको छ।
सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले यस रिटमा कारण देखाउ आदेश जारी गर्दै यस मुद्धालाई अग्राधिकार समेत दिएको छ।
निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले सरकारसँग रकम माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र बिमा प्राधिकरणलाई विपक्षी बनाएर आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेकाे थियाे।
सरकारले रकम नदिँदा कोरोना बिमाको दाबी भुक्तानी हुन नसकको भन्दै कम्पनीहरू सर्वोच्च गएका हुन्। सरकारले कोरोना बीमाबापतको १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेका कारण लाखौँ बिमितले तीन वर्षदेखि भुक्तानी पाएका छैनन्।