सुरुङमार्ग नजिक लेदोसहितको पहिरो, सडक दुवैतर्फ अवरुद्ध

Break n Links
Break n Links

नागढुंगा-नौबिसेअन्तर्गत सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध भएको छ।

सोमबार साँझ गएको पहिरोमा एउटा स्करपियो गाडीसमेत परेको थियो। धादिङ प्रहरीका अनुसार पहिरोमा मानवीय क्षति भने भएको छैन।

दुईतर्फी अवरुद्व खुलाउन कम्तिमा २ घण्टा लाग्ने प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2024-09-09 18:23:00

प्रतिकृया दिनुहोस्