प्रधानसेनापतिमा सिग्देलले सम्हाले कार्यभार

फाइल तस्बिर
फाइल तस्बिर

अशोकराज सिग्देलले प्रधानसेनापतिको कार्यभार सम्हालेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरेसँगै सिग्देलले आजै पद तथा गोपनीयताको शपथसमेत लिएका थिए।

सैनिक परम्पराअनुसार नवनियुक्त प्रधान सेनापति सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

त्यसैगरी उनले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धान्जली अर्पण गर्नुका साथै जङ्गी अड्डामा कार्यालय बहाली गरी प्रधान सेनापतिको कार्यभार सम्हालेका थिए।

वि.सं. २०२३ माघ १९ गते रुपन्देही जिल्लामा जन्मिएका प्रधानसेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए। गत श्रावण २५ गतेबाट उनले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए।

प्रकाशित मिति: : 2024-09-09 17:32:00

प्रतिकृया दिनुहोस्