सरकार अर्थतन्त्रबाट दबाव र शिथिलताको अवस्थामा छ: अर्थमन्त्री

Break n Links
Break n Links

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अर्थतन्त्रबाट दबाव र शिथिलताको अवस्थामा रहेको बताएका छन्।

आइतबार अर्थ मन्त्रालयको सुवर्ण हलमा कार्पेट व्यवसायीहरुसँगकाे भेटवार्तामा उनले शिथिलताको अवस्थाबाट बाहिर निकाल्न निजी क्षेत्रको समस्या समाधान गर्नुपर्ने बताए।

उनले कार्पेट व्यवसायीहरुको अभिव्यक्ति र भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै यस विषयमा सरकारले छलफल गर्ने विश्वास दिलाए।

उनले भने, ‘अहिले सरकार अर्थतन्त्रबाट जुन प्रकारको दबावमा छ। जुन प्रकारको शिथिलताको अवस्था छ। यो शिथिलताको अवस्थाबाट बाहिर निकाल्नुपर्छ। यसका निम्ति निजी क्षेत्रको समस्या सुन्नुपर्छ समाधान गर्नुपर्छ अनि मात्रै मनोबल बढ्छ भन्ने कुरा सोचिरहेको छौँ। म आग्रह गर्छु तपाईंहरुले दिनुभएको अभिव्यक्ति तपाईंहरुले भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर छ। यसलाई हामी छलफलको विषय बनाउने छौँ।’

उनले समस्या समाधान भन्दा अगाडि समस्या के हो भनेर बुझ्न जरुरी रहेको बताएका छन्। मन्त्री पौडेलले समस्या के हो बुझ्नका लागि सम्बन्धित क्षेत्रका सदस्यहरुसँग समन्वय हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘समस्या समाधान भन्दा अगाडि समस्या के हो भनेर बुझ्नुपर्छ, समस्या के हो बुझ्नका लागि सम्बन्धित क्षेत्रका सदस्यहरुसँग समन्वय हुनुपर्छ।’

प्रकाशित मिति: : 2024-09-08 18:20:00

प्रतिकृया दिनुहोस्