१२७ अंकले बढ्यो नेप्से, कारोबार १३ अर्ब माथि

File Photo
File Photo

नेप्सेमा आज हरियाली छाएको छ। सोमबार नेप्से १२७.२५ अङ्कले बढेर २८२३.२५ विन्दुमा पुगेको छ।

सोमबार ३३५ कम्पनिको कूल ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर १ लाख ६० हजार ५७९ पटक कारोबार हुदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२  मा खरिद बिक्री भएका छन्।

त्यस्तै, आज नेशनल हाइड्रोसहित सात कम्पनिको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज लक्ष्मी उन्नति कोषको शेयर मूल्य सबै भन्दा बढी ४.७१ प्रतिशतले घटेको छ।

आज गुडविल फाइनान्सको सबै भन्दाबढी ४६ करोड ५२ लाख ५१ हजार ९०० को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज साबि भन्दा बढी अपि पावरको सबैभन्दा बढी १२ लाख २५ हजार ९४९ कित्ता शेयर कारोबार भएको छ।

प्रकाशित मिति: : 2024-09-02 15:30:00

प्रतिकृया दिनुहोस्