नेपाली काँग्रेसले गत फागुनमा भएको महासमिति बैठकमा प्रस्तुत भएका प्रतिवेदनहरू संशोधनसहित पारित गरेको छ। महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठकले महामन्त्री गगन थापाले प्रस्तुत गरेको चुनावअघि गठबन्धन नगर्ने नीतिसहितको प्रतिवेदन पारित गरेको छ। थापाको प्रस्तावबारे पार्टीले निर्णयमा भनिएको छ ‘नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्नेछौँ । हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रा मतदातालाई रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं।’
भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गरेको ‘एक्जिट पोलिसी’बारे कुनै निर्णय गरेको छैन। उनको प्रस्तावमा पार्टीका तर्फबाट कुनै नेता एक राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई पटक र तीन कार्यकालसम्म मन्त्री हुन पाउने व्यवस्था गरिएको छ। त्यस्तै एकजना व्यक्ति चार कार्यकालभन्दा धेरैपटक सांसद हुन नपाइने नीति अपनाउन पनि उनले पार्टीलाई प्रस्ताव गरेका छन्।
काँग्रेस प्रवक्ता प्रकाशशरण महतले महामन्त्री शर्माको त्यो प्रस्ताव संविधान संशोधनसँग पनि जोडिएका कारण त्यही बेला छलफलमा अघि बढाउने निर्णय गरेको छ।
साउन २३ गते सुरु भएको नेपाली काँग्रेसको बैठक महामन्त्रीहरूका प्रतिवेदनमा सहमति जुटाउनका लागि पटक पटक स्थगित गरिएको थियो। बिहानभरि शीर्ष नेताहरूले छलफल गरेपछि आइतबार दिउँसो ३ बजेदेखि बैठक सुरु भएको थियो।
काँग्रेसका निर्णयहरू: