यी हुन् नेकपा एसका निर्वाचित पदाधिकारी (सूचीसहित)

Break n Links
Break n Links

नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ।

पदाधिकारीका लागि भएको निर्वाचनमा महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित भएकी छन्। उनीसँग प्रतिस्पर्धा गरेकी रामकुमारी झाँक्री पराजित भएकी छन्।

एकीकृत समाजवादीले वरिष्ठ सात उपाध्यक्षमध्ये एक उपाध्यक्ष राखेको थियो। जयन्ती पहिले पनि उपाध्यक्ष थिइन्। नतिजा अनुसार महिला उपाध्यक्षमा १८९ मतसहित जयन्ती राई विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री ११२ मत ल्याएर पराजित भइन्।

मत परिणाम अनुसार मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह १६४ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र झाले १४४ मत पाए।
पदाधिकारीका लागि मंगलबार निर्वाचन भएको थियो। मतगणना गए राति सुरु भएको थियो।

नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय पदाधिकारीहरु:

अध्यक्ष: 
१.माधवकुमार नेपाल

सम्मानित नेता: 
२. झलनाथ खनाल

वरिष्ठ उपाध्यक्ष: 
३. राजेन्द्र प्रसाद पाण्डे (सर्वसम्मत)

उपाध्यक्षहरु 
४. जयन्ती राइ (पूर्वउपाध्यक्ष)
५. धर्मनाथ शाह (पूर्वउपाध्यक्ष)
६. प्रकाश ज्वाला (पूर्वउपमहासचिव)
७. जगन्नाथ खतिवडा (पूर्वउपमहासचिव)
८. गंगालाल तुलाधर (पूर्वउपमहासचिव)
९. भानुभक्त जोशी 

महासचिव: 
१०. घनश्याम भुसाल

उपमहासचिव  
११.  गरिमा शाह (निवर्तमान सचिव)
१२.  राजेन्द्र राई (निवर्तमान सचिव)
१३.  मेटमणि चौधरी 
१४.  रामकुमार भट्टराई 

समावेशी सचिव      
१५. क. बलदेव चौधरी 
१६. क. गणेश विक 

खुला सचिव
१७.  शेरबहादुर कुँवर 
१८. चन्द्र बहादुर शाही 
१८. सोम प्रसाद पाण्डे 
१९. सावित्री भुसाल 
२०. श्रीनाथ बराल

प्रकाशित मिति: : 2024-08-28 08:02:00

प्रतिकृया दिनुहोस्