घट्यो सुनचाँदीको मूल्य

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

बिहिबार सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार रहेको थियो।

त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला ५ रूपैयाँले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2024-08-22 11:58:00

प्रतिकृया दिनुहोस्