रेमिट्यान्स १६ प्रतिशतले वृद्धि, एकै वर्षमा भित्रियो १४ खर्ब ४५ अर्ब

गएको आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १६.५ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार रेमिट्यान्स वृद्धि भएको देखिएको हो। 

रेमिट्यान्स वृद्धि भएसँगै गत आर्थिक वर्षमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ। जुन मासिक १ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो। 

आव २०७९/८० मा पनि रेमिट्यान्स २३.२ प्रतिशतले बढेको थियो।

प्रकाशित मिति: : 2024-08-18 15:24:00

प्रतिकृया दिनुहोस्