२५ करोडका प्रयोगशाला भ्यान एक दिन पनि नचली 'कबाड' !

लोकान्तर

काठमाडौं

२४ करोड ८० लाख ९५ हजार रुपैयाँमा ५ वर्षअघि खरिद गरिएका चारवटा प्रयोगशाला भ्यान सञ्चालनमा नआउँदै थोत्रिएका छन् ।

६ करोड २० लाख २३ हजार ७७९ रुपैयाँका दरले खरिद गरिएका ती भ्यान सञ्चालनमै नआउँदा राज्यको झन्डै २५ करोड रुपैयाँ खेर गएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खरिद गरेका २ थान भ्यान र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खरिद गरेका २ थान भ्यान एकपटक पनि नचलाइ ५ वर्षदेखि खिया लागेर बसेका छन् ।

ती भ्यानलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग परिसरमा अलपत्र छाडिएको छ । विभाग आफैंले किनेको बा २ झ ४०८९ र बा २ झ ४०९० नम्बरको प्रयोगशाला भ्यानलाई सेडमुनि थन्क्याइएको छ ।

प्रकाशित मिति: : 2024-08-15 15:33:00

प्रतिकृया दिनुहोस्