आलोचना भएपछि मुख्यमन्त्री सिंहले हटाए ८ राज्यमन्त्री

Break n Links
Break n Links

मधेस प्रदेश सरकारका ८ जना राज्यमन्त्री हटाइएकाे छ।

चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार राज्यमन्त्रीहरूलाई हटाएका हुन्।

मुख्यमन्त्री कार्यालयले राज्यमन्त्रीहरूलाई हटाएकाे पत्र प्रदेश प्रमुखलाई पठाइसकिएकाे बताइएकाे छ।

मधेसमा नेकपा एमालेबाट ३, नेपाली कांग्रेसबाट २, जनमतबाट २, लोसपाबाट एक राज्यमन्त्री सरकारमा सहभागी थिए।

राज्यमन्त्री थप्दै २० सदस्यीय मन्त्रिपरिषद् बनाएपछि मधेश सरकारकाे चौतर्फी आलोचना भएकाे थियाे। जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै जनमत पार्टीले मुख्यमन्त्री सिंहसँग स्पष्टीकरणसमेत सोधेकाे थियाे। त्यसपछि मुख्यमन्त्री सिंह राज्यमन्त्री हटाउन बाध्य भएका हुन्।

मुख्यमन्त्री सिंहले शारदा देवी थापा, केशव राय र रञ्जुकुमारी मण्डल खङ्ग, शम्भु साह, रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव र मोहम्मद जैद आलमलाई राज्यमन्त्री बनाएका थिए।

८ जना राज्यमन्त्री हटाइएपछि मधेसमा अब १२ जना मन्त्रिपरिषदमा सीमित भएको छ।

प्रकाशित मिति: : 2024-08-13 12:40:00

प्रतिकृया दिनुहोस्