बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व हस्तान्तरणबारे उठेकाे विषय सबै मिलेर जाने बताएका छन्।
उपमहासचिव जनार्दन शर्माले स्थायी समिति बैठकमा प्रस्तुत गरेको १४ पृष्ठको लिखित प्रस्तावबारे साेमबार सञ्चारकर्मीले साेधेकाे प्रश्नमा अध्यक्ष प्रचण्डले यस्ताे जवाफ दिएका हुन्।
‘अध्यक्षज्यू, नेतृत्व हस्तान्तरणका लागि लिखित प्रस्ताव नै आयो, के छ तपाईंको यसमा धारणा?’ भन्ने सञ्चारकर्मीकाे प्रश्नमा प्रचण्डले भने, ‘केही हुँदैन, सबै मिलेर जान्छ। तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन।’
स्थायी समिति बैठकमा शर्माले लिखित प्रस्तावमार्फत नेतृत्व हस्तान्तरण गर्न पार्टी अध्यक्ष प्रचण्डलाई सुझाव दिएका थिए।
उनले प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उनको भूमिकालाई सुनिश्चत गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उनले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्न भनेका थिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया