बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व हस्तान्तरणबारे उठेकाे विषय सबै मिलेर जाने बताएका छन्।
उपमहासचिव जनार्दन शर्माले स्थायी समिति बैठकमा प्रस्तुत गरेको १४ पृष्ठको लिखित प्रस्तावबारे साेमबार सञ्चारकर्मीले साेधेकाे प्रश्नमा अध्यक्ष प्रचण्डले यस्ताे जवाफ दिएका हुन्।
‘अध्यक्षज्यू, नेतृत्व हस्तान्तरणका लागि लिखित प्रस्ताव नै आयो, के छ तपाईंको यसमा धारणा?’ भन्ने सञ्चारकर्मीकाे प्रश्नमा प्रचण्डले भने, ‘केही हुँदैन, सबै मिलेर जान्छ। तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन।’
स्थायी समिति बैठकमा शर्माले लिखित प्रस्तावमार्फत नेतृत्व हस्तान्तरण गर्न पार्टी अध्यक्ष प्रचण्डलाई सुझाव दिएका थिए।
उनले प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उनको भूमिकालाई सुनिश्चत गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उनले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्न भनेका थिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया