बिएल संवाददाता
भारतले काठमाडौँमा जारी काभा महिला भलिबल लिगको उपाधि जितेको छ।
बुधबार सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई ३-२ को सेटले पराजित गर्दै उपाधि जितेको हो।
नेपालले खेलको पहिलो सेटमा जित हासिल गरेर अग्रता लिएपनि भारतले उत्कृष्ट खेल खेल्दै कम ब्याक गरेको थियो। दोस्रो सेट भारतले जितेको थियो भने तेस्रो सेट नेपालले र चौथो सेट भारतले जितेको थियो।
त्यस्तै पाँचौं सेट भने भारतले १५-५ ले सजिलै जितेको थियो।
योसँगै नेपाल प्रतियोगिताको उपविजेता बनेको छ। त्यस्तै इरानले आजै सम्पन्न तेस्रो स्थानको खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।
पाँच देशले भाग लिएको यस प्रतियोगितामा श्रीलंका चौथो भएको छ भने माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया