इस्माइल हानियाकाे मृत्यु भएपछि हमास प्रमुखमा याह्या सिन्वार नियुक्त भएका छन्।
गत साता इरानको राजधानी तेहरानमा इजरायली आक्रमणमा मारिएका हानियाकाे उत्तराधिकारीका लागि गाजाका नेता याह्या सिनवारलाई हमास प्रमुखमा नियुक्त गरिएकाे हाे।
हानियाको मृत्यु भएपछि नेतृत्व चयन गर्न दुई दिन कतारको राजधानी दोहामा बसेकाे बैठकले सिन्वारलाई सर्वसम्मतिमा हमास समूहको राजनीतिक विभाग नेतृत्व गर्ने जिम्मेवारी दिइएको हाे।
सिन्वार सन् २०१७ देखि गाजा स्ट्रिपमा हमास समूहका नेता रहेका थिए। सन् १९६२ मा जन्मेका उनी यसअघि गाजा क्षेत्रमा हमासको राजनीतिक एकाइ प्रमुख थिए।
इजरेली सेनाकाे कारबाहीमा परेर हमासका सैन्य विभाग प्रमुख मोहम्मद डेफकाे पनि मृत्यु भएको थियाे।
हानियाको हत्यापछि मध्यपूर्वमा तनाव चुलिएको छ। इरान र उसका सहयोगीहरूले इजरेललाई हनियाको मृत्युकाे दोष लगाउँदै प्रतिशोध लिने चेतावनी दिएकाे छ। साेहीबीच हमासले आफ्नो नयाँ नेता नियुक्त गरेकाे हाे।
इजरायलले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।