‘इजरायली कारबाही’मा मारिए हमासका प्रमुख नेता

Break n Links
Break n Links

हमासका राजनीतिक ब्यूरो प्रमुख इस्माइल हानिया ‘इजरायली कारबाही’मा इरानको राजधानी तेहरानमा मारिएका छन्।

आफ्ना प्रमुख नेताकाे तेहरानमा हत्या भएको प्यालेस्टाइनी समूह हमासले बुधबार बिहान जारी गरेको आधिकारिक विज्ञप्तिमा उल्लेख छ।

हानिया मंगलबार इरानका नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए। हानियाको मृत्युमा इजरायलले आधिकारिक रूपमा अहिलेसम्म केही पनि भनेको छैन।

तर इजरायली सरकारका सम्पदामन्त्री अमिचे इलियाहुले भने ‘विश्वबाट यस्तो फोहोर सफा गर्ने यही नै सही तरिका हो’ भनेर प्रतिक्रिया दिएका छन्।

टाइम्स अफ इजरायलका अनुसार इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले भने आफ्ना मन्त्रीहरूलाई हानियाको हत्याबारे नबोल्न निर्देशन दिएका थिए। प्रधानमन्त्री नेतान्याहुको निर्देशनका बाबजुद मन्त्री इलियाहुको प्रतिक्रिया आएको हो।

इस्माइल हानिया हमासको राजनीतिक विभाग प्रमुख थिए । उनी प्यालेस्टिनी प्राधिकरणको दसौँ प्रधानमन्त्रीसमेत हुन्।

प्रकाशित मिति: : 2024-07-31 09:32:00

प्रतिकृया दिनुहोस्