बुधबारको विदेशी मुद्राको विनिमय दर कति?

Break n Links
Break n Links

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र कतारी रियालको विनिमय दर बढ्दा बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर घटेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ।

त्यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ १९ पैसा र बिक्री दर १४६ रुपैयाँ ८५ पैसा रहेको छ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ २४ पैसा र बिक्री दर १७१ रुपैयाँ शून्य पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: : 2024-08-07 07:04:00

प्रतिकृया दिनुहोस्