बागलुङमा पहिरोमा परी ८ जनाको मृत्यु, ४ जना घाइते

File Photo
File Photo

बागलुङमा अविरल वर्षासँगै आएको पहिरोमा परी ८ जनाको मृत्यु भएको छ।

बडिगाड गाउँपालिकाकाे नम्बर वडा ९ र १० मा गरी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार वडा नम्बर १० काे दर्लिममा घरगोठ बगाउँदा ६ जना र ९ नम्बर वडाको बलघाँसमा २ जनाकाे मृत्यु भएकाे हाे। 

१० नम्बर वडामा मृत्यु हुनेमा ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, १३ वर्षीय मनोज बुढा,  १२ वर्षीय अमन बुढा, सञ्जु विककी ६ महिने छोरी र ५९ वर्षीय मैतीदेवी विकको मृत्यु भएको हो।

यसैगरी ९ नम्बर वडाका १५ वर्षीय विधान परियार र २४ वर्षीय गङ्गा बस्नेतको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार संगीता बुढा, सुमित्रा विक, सीता थापा र मङ्गलसिंह बुढा गम्भीर घाइते भएका छन्।   

प्रकाशित मिति: : 2024-08-06 15:51:00

प्रतिकृया दिनुहोस्