यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, यूरो र कतारी रियालको विनिमय दर बढ्दा बेलायती पाउण्डको विनिमय दर भने घटेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८६ पैसा र बिक्री दर १३४ रुपैयाँ ४६ पैसा पुगेको छ।

त्यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ५६ पैसा र बिक्री दर १४७ रुपैयाँ २१ पैसा रहेको छ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६२ पैसा र बिक्री दर १७१ रुपैयाँ ३९ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७० पैसा र बिक्री दर ३६ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: : 2024-08-06 06:58:00

प्रतिकृया दिनुहोस्