विवादित विषयबारे बाेल्न सांसद सूर्य ढकालकाे आनाकानी

केही दिनअगाडि विवादित बनेका बाँके क्षेत्र नं. १ का सांसद सूर्य ढकाल निरुत्तर छन्। आज (शुक्रबार) कोहलपुरमा पत्रकार भेटघाटमा पत्रकारहरुले सोधेका प्रश्नहरुको उत्तर दिएनन्।

सांसद ढकाल भनेका थिए, ‘शिक्षकहरुलाई एकपटक शिक्षक सेवा पास गरेका शिक्षकलाई ५/५ वर्षमा परीक्षा लिनुपर्ने र राति १ बजेसम्म दारु खान्छ तर ऊ शिक्षक हो।’

यस्तो विवादित हुने शब्द बोलेपछि देशभरका शिक्षकहरुले उनीलाई आलोचना गरेका छन्। सोही विषयका कोहलपुरमा पत्रकार भेटघाटमा पत्रकारका प्रश्नका उत्तर दिएनन् तर उनले शिक्षककै पृष्ठपोषणमा विचार राखे। पत्रकार प्रदीप वाग्ले, कपिल अञ्जान, कृष्ण वली, डिल्ली शाही र दिनेश न्यौपानेलगायतले प्रश्न सोधेका थिए।

तपाईंको क्षेत्रमा कति शिक्षामा लगानी गर्नुभएको छ? मिडियालाई यहाँको सहयोगको अपेक्षा गर्नुहुन्छ तर यहाँले मिडिया क्षेत्रको लगानी अहिलेसम्म कति गर्नुभएको छ? के तपाईंकै घरमा प्रअकै भूमिका हुनुहुन्छ के उहाँहरुले ५/५ वर्षमा परीक्षा लिन तयार हुनुहुन्छ? के उहाँहरुले राति १ बजेसम्म दारु खानुहुन्छ? निजामति कर्मचारीहरुलाई टिएडिएको व्यवस्थापन हुन्छ तर शिक्षकलाई के व्यवस्था गर्नुहुन्छ? विद्यालयमा शिक्षक नियुक्ति गर्दा राजनितिक दलकै नेताहरुले प्रअलाई दबाब दिनुहुन्छ के त्यसबाट गुणस्तरीय शिक्षा प्राप्त हुन्छ? भन्ने लगायतका दर्जनौं प्रश्नहरु गरेका थिए।

ढकालले देशमा कलकारखाना सञ्चालनमा नआएसम्म रोजगारीको अन्त्य नहुने जिकिर गरे। अन्य विषयमा उनले बोल्न चाहेनन्। तर, सोधिएका प्रश्नहरुको बचाउ गर्दै आफूले नबोलेको र झुटा आरोप लगाएको उनले बताए।

ढकालले भने, ‘५/५ वर्षमा परीक्षा लिन विषय मैले उठाएको विषय होइन, यो व्यवहारिक विषय पनि होइन्। एउटा निजामति कर्मचारीले मन्त्रालयमा नगए केही पनि हुँदैन, त्यसले धेरै असर गर्दैन तर शिक्षक एक हप्ता विद्यालय गएन भने त्यसले असर गर्छ।’

उनले आफूले बोलेका विषयहरु पनि नभएको र त्यसलाई गतल ढङबाट नबुझन आग्रह समेत गरे।

प्रकाशित मिति: : 2024-08-03 15:42:00

प्रतिकृया दिनुहोस्