तोलामा करिब डेढ लाख पुग्याे सुनको मूल्य

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।

शुक्रबार सुन तोलाको ५ सयले बढेर एक लाख ४९ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ४ सय रहेको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। चाँदी आज प्रतितोला ५ रुपियाँले घटेर तोलाको १९७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2024-08-02 12:03:00

प्रतिकृया दिनुहोस्