आम उद्योग वाणिज्य संघको केन्द्रीय कमिटी गठन, अध्यक्षमा जयसवाल सर्वसम्मत

आम जनता पार्टी (आजपा) निकटको आम उद्योग वाणिज्य संघको सम्पन्न प्रथम राष्ट्रिय भेलाबाट साजनकुमार जयसवालको अध्यक्षतामा १०१ सदस्यीय केन्द्रीय कमिटी गठन भएको छ।

काठमाडौँको अनामनगरमा सम्पन्न राष्ट्रिय भेलाबाट उपाध्यक्षमा धीरजकुमार साह, सोना सिलवाल, मन्नु राजन, अमितकुमार साह, महासचिवमा पवनकुमार पटेल, सचिवमा अमित सर्राफ, सहसचिवमा रामनारायण साह र कोषाध्यक्षमा संजीव जयसवाल सर्वसम्मत निर्वाचित भएका छन्। 

यसैगरी संघको सदस्यहरुमा पवन जयसवाल, उपेन्द्र साह, चुनुलाल जयसवाल, अनिलकुमार साह, दिपककुमार साह, अमित रौनियार, नितिशकुमार जयसवाल, निसा कुमारी, रौशनकुमार गुप्ता, प्रदिपकुमार गुप्ता, सन्देश साह, विमल विश्वकर्मा, बिजय महतो, धर्मेन्द्रप्रसाद साह, सुशील गुप्ता, किरण देवी, विशालकुमार अग्रवाल, संजीव श्रेष्ठ, चन्दनकुमार गुप्ता, देवकुमार साह, दिनेश साह, निरज दुवे, उमेश साह, राजु अंसारी, सिकिन्द्र शर्मा, सुनिल साह, रमाशंकर साह, रामायण साह, प्रेम साह, सन्दिप कुशवाहा, रामचन्द्र चौधरी गौरव अग्रवाल, रवि रौनियार, प्रेम रौनियार, साकिर खान, आर्यन शाह, राजकुमार जयसवाल, लालन साह, कुन्तीमाया थापा मगरलगायतका रहेका छन्।

राष्ट्रिय भेलाको उदघाटन आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले गरेका थिए। भेलाको उदघाटन गर्दै उनले नेपालको उद्योग वाणिज्यको विकासका लागि संघले गम्भीर भएर काम गर्नुपर्ने बताए। सरकारको गलत नीति एवं सरकारको गैरजिम्मेवार कार्यले नेपाली उद्योग व्यवसाय धरासायी बन्दै गएको बताउँदै तिनको विकासका लागि संघले योजनाबद्ध लाग्नुपर्ने बताए।

संघको सम्पन्न भेलाले विभिन्न राष्ट्रिय महत्वको विशेष प्रस्ताव पारित गरेको छ। नेपालको उद्योगव्यवसायको विकासका लागि सरकारले विशेष पहल लिनुपर्ने र त्यसका लागि संघले दबाबमुलक कार्य गर्नेछ।

नेपालको बन्द रहेका सरकारी उद्योग सञ्चालन गर्नुपर्ने, नेपालको उद्योग व्यवसायमा नेपाली कामदारलाई पहिलो प्राथमिकता दिनुपर्ने, औद्योगिक क्षेत्रको विकासका लागि विशेष योजना लागु गर्नुपर्ने, विभिन्न कारणले बन्दरहेका नीति स्तरका उद्योगलाई सञ्चालन गर्नका लागि सरकारले विशेष सहयोग गर्नुपर्ने लगायतका विशेष प्रस्ताव भेलाले पारित गरेको छ।

यसैगरी आम उद्योगी व्यवसायीहरुको पेशागत सुरक्षा, समृद्धि र सम्मानका लागि देशभर संगठन विस्तार तथा संघर्षका कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाउने प्रस्ताव भेलाले पारित गरेको छ। 

यस्तै सबैको साझा सहर संघीय राजधानी काठमाडौँमा कबाड र गारमेन्टलगायतका आम खुद्रा व्यापारी–व्यवसायीहरुमाथि भएको अनुचित दमन एवं गैरकानुनी हर्कतहरुको घोर भर्त्सना गर्दै राज्यले यसमा उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने धारणासहित न्याय प्राप्तिकालागि जारी आन्दोलनमा ऐक्यबद्धता सहित आपसी सद्भाव, सहयोग र सहभागिता कायम राख्ने प्रस्ताव भेलाले पारित गरेको छ।

प्रकाशित मिति: : 2024-07-30 14:21:00

प्रतिकृया दिनुहोस्