रंगिन पशुपति (फोटो फिचर)

साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।

हरियो, पहेँलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो देखिन्थ्यो। साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ। यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

प्रकाशित मिति: : 2024-07-29 13:21:00

प्रतिकृया दिनुहोस्