बिएल संवाददाता
दुई साथी मिलेर बजारमा ‘डिजिटल मास्टरी नेपाल’ सञ्चालनमा ल्याएका छन्।
फेसबुक, इन्स्ट्राग्राम, टिकटकलगायत वेब–साइडहरूलाई उकास्नका लागि डिजिटल मास्टरी नेपाल आइतबारदेखि औपचारिक रुपमा सुरु भएको हो।
‘डिजिटल मार्केटिङ’ सम्बन्धि सात वर्षको अनुभव बटुलेर उक्त कम्पनीको सुरुवात सह–संस्थापक प्रज्ञा काफ्ले र सह–संस्थापक पुर्ण भण्डारीले गरेका हुन्।
अनलाइन हुँदै भौतिक तालिम दिन थालेको डिजिटल मास्टरी नेपालले कुनैपनि वेब–साइडलाई उत्कृष्ट बनाउनका साथै ‘भिजिटर’ पनि बढाउने सह–संस्थापक पुर्ण भण्डारीले बताए।
उनका अनुसार डिजिटल मास्टरी नेपालले अनलाइन सम्बन्धि पनि व्यापार–व्यवसाय बढाउन मदत गर्दछ।
‘अहिले अधिकांश कामहरू अनलाइनमा हुने गरेको छ, त्यसैले हाम्रो कम्पनीको मुख्य लक्ष्य भनेकै धेरैभन्दा धेरै मानिसहरूलाई डिजिटल मार्केटिङमा आवद्ध गराएर सेवा दिनु हो’, उनले भने, ‘हामीले हाम्रा क्लाइन्टहरूलाई डिजिटल मार्केटिङसँगै एसईओको तालिम पनि दिने गरेका छौं। यसले बेव–साइडलाई अगाडि बढाउने गर्छ।’
अहिलेसम्म डिजिटल मास्टरी नेपालले पाँच हजारभन्दा बढीलाई तालिम दिइसकेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया