मौद्रिक नीतिको सकारात्मक प्रभाव नेप्सेमा, लाग्याे दोस्रो सर्किट

File Photo
File Photo

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रोपटक सर्किट लागेको छ।

आइतबारको कारोबार सुरु भएको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो।

त्यस्तै, दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटभित्रै परिसूचक १ प्रतिशत बिन्दुले बढेर ५ प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव नेप्से बजारमा देखिएको हो।

प्रकाशित मिति: : 2024-07-28 11:38:00

प्रतिकृया दिनुहोस्