सौर्य एयरलायन्सले भन्याे- जहाज दुर्घटना अकल्पनीय, मृतकलाई परिवारलाई सक्दो सहयोग गर्छाैँ

सौर्य एयरलाइन्सले जहाज दुर्घटना अकल्पनीय भएको बताएकाे छ। 

शुक्रबार सौर्य एयरलाइन्स प्रालिले एक विज्ञप्ति जारी गर्दै अकल्पनीय जहाज दुर्घटनामा मर्माहत र भावविह्वल भएको उल्लेख गरेकाे छ। 

एयरलायन्सले जहाज दुर्घटनाका मृतकलाई सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

सौर्यका अध्यक्ष दिपक कमार पोखरेलद्वारा जारी विज्ञप्तिमा सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उनीहरुले निष्ठापूर्वक पुर्याएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै पीडित परिवारलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव सधैँ रहने उल्लेख छ।

 

प्रकाशित मिति: : 2024-07-26 17:43:00

प्रतिकृया दिनुहोस्