कोशी सरकारबाट बाहिरियाे माओवादी, समर्थन भने फिर्ता नलिने

नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएकाे छ।

शुक्रबार माओवादीका चार मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएकाे हाे। उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।

सरकारबाट बाहिरिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने भएकाे छ।

कोशीमा एक जना राज्यमन्त्रीसहित माओवादीका ४ जना मन्त्री सरकारमा सहभागी थिए।

माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन वन तथा वातावरण मन्त्री थिए भने बन्दना झाँगड पर्यटन वन तथा वातावरण राज्यमन्त्री रहेकी थिइन्।

प्रकाशित मिति: : 2024-07-26 16:33:00

प्रतिकृया दिनुहोस्