यस्ताे छ आर्थिक वर्षकाे मौद्रिक नीति (पूर्णपाठ)

Break n Links
Break n Links

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ।

गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन्।

मौद्रिक नीतिमा राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२.५ प्रतिशत कर्जा विस्तारकाे लक्ष्य राखेकाे छ।

आर्थिक वर्षमा कर्जा विस्तार लक्ष्य ११ प्रतिशत राखिएकोमा लक्ष्यको मुस्किलले आधामात्रै उपलब्धि छ।

कर्जा विस्तार लक्ष्य १.५ प्रतिशतले बढाएपनि गभर्नर स्वयम्ले बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढेको बताएका छन्।

यसैगरी राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालु आर्थिक वर्षमा ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य लिएको छ।

गर्भनर अधिकारीले सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरिएको  जनाएका छन्।

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले लगानीकर्ताले लामो समयदेखि राख्दै आएको माग पूरा गरिदिएको छ।

संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेपनि व्यक्तिगत कर्जा १५ करोडको सीमा भने यथावत रहेको गभर्नर अधिकारीले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2024-07-26 13:48:00

प्रतिकृया दिनुहोस्