दाङका ६ पालिकाका वेवसाइट डाउन

दाङका ६ गाउँपालिकाका वेवसाइट डाउन भएका छन्। १० स्थानीय तहमध्ये ६ पालिकाका वेवसाइट डाउन भएका हुन्।

बिहीबार बिहानैदेखि देउखुरीका तीन राप्ती, गढवा र राजपुर गाउँपालिकाका वेवसाइट चलेका छैनन्।

यस्तै बंगलाचुली, शान्तिनगर र दंगीशण गाउँपालिकाका वेवसाइट पनि खुल्दैनन्। पालिकाका वेवसाइट नखुल्दा नागरिकहरू अनलाइन सेवा पाउनबाट बञ्चित भएका छन्।

यस्तो समस्या स्थानीय तहका वेवसाइटमा बारम्बार आइरहन्छन्। तर दीर्घकालीन समस्या समाधान भएको देखिँदैन।

प्रकाशित मिति: : 2024-07-25 13:02:00

प्रतिकृया दिनुहोस्