अमेरिकी संसदमा नतोन्याहु: हमासको पराजय इरानका लागि ठुलो झट्का

photo : reuters
photo : reuters

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका छन्।

बुधबार करिब एक घण्टा सम्बोधनको अवधिमा इरानलाई अमेरिका र इजरायलको सबैभन्दा ठुलो शत्रु भएको बताए।

नेतन्याहुले अमेरिकी सांसदहरूलाई अब विजय धेरै नजिक रहेको बताउँदै हमासको पराजय इरानका लागि ठुलो झट्का हुने दाबी गरे।

उनले हिजबुल्लाहलाई कुचल्ने धम्की दिए र इजरायलले आफ्ना जनतालाई सुरक्षित राख्न सबै आवश्यक कदम चाल्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

नेतान्याहुले इरानलाई अमेरिका, इजरायल र अरब देशका लागि चुनौती रहेको बताउँदै यस्तो बेला अमेरिका र इजरायल एकसाथ उभिनुपर्नेमा पनि जोड दिए।

प्रधानमन्त्री नेतन्याहु अमेरिकी संसदमा पुग्दा उनलाई २ मिनेट १६ सेकेन्डको स्ट्यान्डिङ ओभेशन दिइएको थियो। सो क्रममा केही सांसदहरुले गाली पनि गरेका थिए। संसदमा एलोन मस्क पनि अतिथिको रुपमा उपस्थित भएका थिए।

नेतान्याहुले सेप्टेम्बर ११ जस्तै अक्टोबर ७ इजरायलीहरूका लागि कालोदिन भएको बताएका छन्। अमेरिकाको न्यूयोर्कमा सन् २०११ सेप्टेम्बर ११ मा आतंकवादी हमला भएको थियो।

यसैगरी बन्धकहरुलाई रिहा गर्ने प्रयास भइरहेको बताउँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धकहरूलाई मुक्त गर्न गरेको प्रयासको पनि प्रशंसा गरेका छन्।

नेतान्याहुले युद्ध समाप्त भएपछि गाजामा सरकार गठन गर्नेले इजरायललाई कहिल्यै पनि हानि गर्ने प्रयास नगर्ने बताएका छन्।

यसैगरी उनले अमेरिकासँग सैन्य सहायता बढाउन पनि माग गरेका छन्।

प्रकाशित मिति: : 2024-07-25 08:37:00

प्रतिकृया दिनुहोस्