प्रधानमन्त्री ओलीले अस्पताल पुगेर उपचारत पाइलटलाई भेटे

प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिष रत्न शाक्यलाई केएमसी अस्पताल पुगेर भेट गरेका छन्। 

प्रधानमन्त्री ओलीले अस्पताल पुगेर पाइलट शाक्यको स्वास्थ्य अवस्था बारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

आज भएको विमान दुर्घटनामा बिमानमा सवार सौर्य एयरलाइन्सकै १८ कर्मचारीको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2024-07-24 20:26:00

प्रतिकृया दिनुहोस्