नेप्से उच्च विन्दुमा, १४ अर्ब ११ करोड माथिको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ७५ अङ्कले बढेको छ। आज नेप्से ७५.३३ अङ्कले बढेर २५६३.४३ अङ्कमा पुगेको छ।

आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर एक लाख ७१ हजार ३८७ पटक खरिदबिक्री हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ बराबरको कारोबार भएको छ।

आज बोटलर नेपाल, समृद्धि फाइनान्स, मंडू हाइड्रो, हाथवे इन्भेस्टमेन्ट, नेपाल वायर हाउसिंगको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै आज सबैभन्दा बढी गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ५.८३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिभम सिमेन्टको २४ करोड ६९ लाख २३ हजार ७९२ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने नबिल ब्यालेन्स फन्ड-२ को १६ लाख २ हजार ८३५ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: : 2024-07-23 15:55:00

प्रतिकृया दिनुहोस्