लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

Break n Links
Break n Links

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्।

साेमबार प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

आचार्यले आजै नेकपा र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। साेही उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।

यसअघि दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भएकाे थियाे। तर केन्द्रको निर्देशनपछि महासचिव शंकर पोखरेलले गिरीलाई राेकेर आफूनिकट आचार्यलाई मुख्यमन्त्री बनाएका हुन्।

आचार्य यसअघि महासचिव पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका थिए भने उनी माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए। त्यस्तै त्यसअघि लीला गिरी नेतृत्वको सरकारमा आचार्य ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री थिए।

अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य छन्।

प्रकाशित मिति: : 2024-07-22 17:25:00

प्रतिकृया दिनुहोस्