सहकारी ठगलाई कारवाही गर्छौं, सुशासनका लागि स्टन्ट गर्दैनौँ: प्रधानमन्त्री ओली

Break n Links
Break n Links

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्नेलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बाेल्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारका पाँच प्रमुख प्राथमिकता रहेकाे बताउँदै यस्ताे प्रतिबद्धता जनाएका हुन्।

सबै कालखण्डका प्रकरणको छानबिन गरिने बताउँदै उनले सुशासनका लागि स्टन्ट नगर्नेसमेत बताए।

उनले अहिलेसम्म जारी रहेका योजनाहरुको काम सम्पन्न गर्ने र अहिलेको विकास मोडललाई नै परिवर्तन गर्ने बताए। उनले नीतिगत सुधार, खर्च बढाएर तथा स्वदेशी उत्पादनको बढी प्रयोग गरेर अगाडि बढ्ने नीति बनाउने बताए।

त्यस्तै प्रधानमन्त्रीले व्यवसाय मैत्री वातावारण बनाउने बताए। उनले सहकारीको नियमन गर्ने र बचत परिचालन गर्ने बताए। प्रधानमन्त्रीले लगानी जुटाउन विभिन्न कदम चाल्ने बताउने वैकल्पिक स्रोतको परिचालन गर्ने बताए।

प्रधानमन्त्री ओलीले विकासको ढाँचा परिवर्तन नगरेसम्म विकासमा फड्को मार्न नसकिने बताउँदै सूचना सूचना प्रविधि, पर्यटनलाई आर्थिक विकासको प्रमुख अधार बनाउने बताए।

उनले कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाएर कृषि उत्पादनको निर्यात गर्ने बताए। उनले कृषिलाई अर्थतन्त्र मुख्य आधार बनाउने बताउने बताए। कुनै पनि बालबालिका भोकै बस्नु नपर्ने बताउँदै प्रधानमन्त्रीले सरकारले यसबारे कदम उठाइसकेको बताए।

प्रकाशित मिति: : 2024-07-21 14:21:00

प्रतिकृया दिनुहोस्