बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

फाइल तस्विर
फाइल तस्विर

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री जम्मकट्टेलले चौंथोपटक विश्वासको मत लिन लागेका हुन्।

असार २४ गते नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिनेपर्ने भएको हो।

यसअघि तीनपटकसम्म विश्वासको मत पाएर पद जोगाएका जमकट्टेलले यसपटक विश्वासको मत नपाउने निश्चित रहेको छ।

११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै ६४ मत रहेको छ र जुन बहुमतका लागि पर्याप्त रहेको छ।

मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ।

प्रकाशित मिति: : 2024-07-21 09:52:00

प्रतिकृया दिनुहोस्