खुमबहादुरका छाेरा अनुरागलाई मन्त्री बन्नबाट राेक्न डिल्लीबहादुर चाैधरीकाे दाैडधुप

Break n Links
Break n Links

केन्द्रमा एमाले-काँग्रेसकाे सत्ता समीकरणपछि प्रदेशहरुमा पनि सत्ता फेरबदलकाे खेल सुरु भएकाे छ। जसअनुसार लुम्बिनीमा एमालेले नेतृत्व लिने लगभग निश्चित भएकाे छ।

अघिल्लाे गठबन्धन अनुसार हाल नेकपा (माओवादी केन्द्र)ले नेतृत्व गरिरहेकाे लुम्बिनीमा नयाँ गठबन्धनपछि आफूले नेतृत्व पाउनुपर्ने दाबी काँग्रेसकाे थियाे। यद्यपि, प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी सरकार काँग्रेसलाई नछाेड्ने अडान लिएका छन्।

लुम्बिनीकाे नेतृत्व एमालेले गर्ने र साे पार्टीकाे संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने लगभग निश्चित छ।

यता, यसपटक आफू मुख्यमन्त्री बन्न नपाउने भएपछि लुम्बिनी प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लबहादुर चाैधरीले भने प्रतिशाेधकाे खेलमा लागेकाे छन। चाैधरीकाे त्याे खेल हाे, स्वर्गीय नेता खुमबहादुर खड्काका छाेरालाई मन्त्री बन्नबाट राेक्ने।

एमालेकाे नेतृत्वमा बन्ने लुम्बिनी प्रदेश सरकारमा खुमबहादुरका छाेरा अनुराग खड्कालाई मन्त्री बन्नबाट राेक्न चाैधरी दाैडधुप गरिरहेका छन्।

आफू मुख्यमन्त्री बन्न नपाउने भएपछि राजधानी काठमडाैँ आएका चाैधरीले पार्टीका शीर्ष नेताहरुलाई भेटेर खुमबहादुरका छाेरा अनुरागलाई मन्त्री हुनबाट राेक्न आग्रह गरिरहेका छन्।

चाैधरीले बूढानीलकण्ठ पुगेर पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर ‘जसरी हुन्छ अनुरागलाई मन्त्री हुनबाट राेक्नु पर्‍याे’ भनेर बिन्ती गरेकाे काँग्रेस स्रातेले बएकाे छ।

स्राेतका अनुसार चाैधरीले बाबु खुमबहादुरसँगकाे रिस छाेरामाथि पाेख्न खाेज्दैछन्। तत्कालीन समयमा खुमबहादुर र डिल्लीबहादुरबीच सुमधुर सम्बन्ध थिएन। उनीहरु हरेकपटक एकले अर्काेलाई राेक्ने प्रयास गर्थे।

त्यतिबेला शेरबहादुर देउवाले पत्नी डा. आरजु राणा (देउवा)मार्फत् डिल्लीबहादुर चाैधरीलाई च्याप्न थालेपछि खुमबहादुर रिसाएका थिए। जसकारण जिल्लाकाे राजनीतिमा पनि उनीहरुबीच मनमुटाव भइरहन्थ्याे।

सामाजिक संस्था ब्याकवार्ड एजुकेसन सोसाइटी (बेस)बाट राजनीतिमा उदाएका डिल्लीबहादुरकाे संस्थामा अनुदान राेक्न खुमबहादुर खड्काले त्यतिबेला नीति नै परिवर्तन गर्न लागेका थिए। त्यही कारण डिल्लीबहादुरले आरजुका आडमा खड्काविरुद्ध चलखेल गरेका थिए। जुन क्रम निरन्तर जारी रह्याे।

पूर्वगृहमन्त्रीसमेत रहेका खुमबहादुर खड्काकाे वि.सं. २०७७ चैतमा निधन भयाे। बुबाकाे निधनपछि छाेरा अनुराग राजनीतिमा सक्रिय छन्।

२०७९ मंसिर ८मा सम्पन्न निर्वाचनमा दाङ १ (२)बाट अनुराग प्रदेश सदस्यकाे रुपमा निर्वाचित भएका थिए। त्यसयता नेपाली काँग्रेस पटक-पटक प्रदेश सरकारमा गएपनि अनुरागले मन्त्री बन्ने माैका पाएका छैनन्। यसपटक भने उनी मन्त्री बन्ने लगभग निश्चित छ। तर, उनलाई राेक्न चाैधरीले प्रयास गरिरहेका छन्।

प्रकाशित मिति: : 2024-07-20 20:57:00

प्रतिकृया दिनुहोस्